बि.सं. २०२२ सालमा नेपालमा पहिलो पटक नेपाली चलचित्र आमाको निर्माण गरिएको थियो त्यस अधि पनि केही चलचित्र जुन नेपाली भाषामा थिए भने नेपाल बाहिर निर्माण गरिएका थिए जस्तो सत्यहरिशचन्द्र आदी आदी तर नेपालमै र नेपाली भाषामा बनेको पहिलो चलचित्र आमा थियो । नेपाली चलचित्रको ईतिहासलाई हेर्नु पर्दा जम्मा ६ दशक मात्रै पुरा भएको छ ।
यो ६ दशकको अवधिका काम गर्ने थुप्रै कलाकारहरु सक्रिय रुपमा चलचित्र क्षेत्रमै आवद्ध रहेका छन् । कैयौं चर्चित अनुहारहरु अझै सक्रियरुपमा चलचित्रमै काम गरिहेका छन् , जस्तो पहिलो नेपाली चलचित्रको कलकाहरु भुवन चन्द, चैत्यदेवी सिंह, हाँस्य अधिनेत्री बसुन्धारा भुषाल लगायत आमा चलचित्रबाट नेपाली चलचित्र ईतिहासको सुरुवात गरेका नायिकाहरु जसले अहिले सम्म यस क्षेत्रलाई आफ्नो काँधमा बोकी नै रहेका छन् । त्यस पछि लगातार नेपाली चलचित्रहरुको निर्माण तथा निर्देशन भयो प्रदर्शन गरियो नेपाली परिवेश र माटो सुहाउँदो कयैन चलचित्रहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा स्थापित गरिसकेका छन् र ती चलचित्रहरुहरुमा आवद्ध रहेका चलचित्रकर्मी एवं कलाकारहरुले आ–आफ्नो स्थानवाट विश्व मानचित्रमा नेपाली चलचित्रहरुलाई सगर्व प्रस्तुत गर्ने गरेका छन् ।
चलचित्र भानुभक्तबाट निर्देशक यादव खरेलले आदिकवि भानुभक्तको भाषिक योगदानकोको विषयलाई लिएर चलचित्र निर्माण गरेका थिए भने उनको यस चलचित्रलाई देश विदेशका मानिसहरुले अत्याधिक मन पराएका थिए त्यस्तै निर्देशक ज्ञानेनद्र देउजाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमरकृति मुनामदन लाई चलचित्रको पर्दामा उतारेका थिए जुन चलचित्र ओस्कार अवार्डमा सहभागिता जनाएको थियो त्यस्तै चलचित्र निर्देशक माधव राज खरेलले नेपाली चलचित्रको ईतिहासमा पहिलो पटक विना संवादको चलचित्र निर्देशन गरी नेपाली चलचित्र क्षेत्रमा पहिलो मौन चलचित्र निर्देशकका रुपमा आफुलाई स्थापित गराएका छन् त्यस्तै खरेलले संशारकै अग्लो स्थानमा भिडियोको निर्माण गरी गिनिजबुक वल्र्ड रेकर्डमा नाम समेत लखाउन सफल भएका थिए ।
८ वर्षकै उमेरमा चलचित्र लभ यू बाबाको निर्देशन गरी गिनिज बुक वल्र्ड रेकर्डमा शंसारकै कान्छो निर्देशकको रुपमा नाम लेखाउन सफल सौगात विष्टको चलचित्र क्षेत्रप्रतिको योगदान पक्कै पनि प्रशंसनिय रहेको छ ।
ससर्ती हेर्दा नेपाली चलचित्र क्षेत्रमा भएको विकास सन्तोषजनक नै भए पनि प्रयाप्त भने पक्कै पनि हैन, दिपाश्री निरौला, निश्चल बस्नेत, रामबाबु गुरुङ, दिवाकर भट्टराई, सन्तोष सेन, सुदर्शन थापा, माधव राज खरेल, दिनेश राउत, चन्द्र पन्त, प्रणव भुषाल, सुचित्रा श्रेष्ठ, नविन सुब्बा लगाएतका दर्जनौ निर्देशकले आ–आफ्नो क्षेत्रवाट सकारात्मक प्रयास गरेकै छन् । यसमा चलचित्र विकास वोर्ड जस्ता संस्थाहरुको सकारात्मक भूमिका नहुनाले पनि एवं राजनितिक पार्टी भन्दा वाहेकका चलचित्रकर्मीहरुलाई गरिने सरकारी उपेक्षाले पनि नेपाली चलचित्रको विकास हुन नसकेको स्पष्ट बुझ्न सकिन्छ ।