दुबईमा मोडल सङ्स अवार्ड

काठमाडौं : यूएईको दुवईमा मोडल सङ्स अवार्ड सम्पन्न भएको छ। नेपालका चर्चित कलाकारको प्रस्तुतिसहित वर्ड दुवईको मोन्ट क्लबमा अवार्ड सम्पन्न भएको हो। ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ नारासहित यो अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेसनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो।

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेसन सो आयोजना गरेर चर्चा कमाएको मोडल सङ्स नेपालले आयोजना गरेको अवार्डमा दुवईमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वको आतिथ्य एवं सहभागितामा थियो।

एनआरएन दुवईका अध्यक्ष रमेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूएईका अध्यक्ष रेखा घिमिरे, नेपाली एसोसिएसनका अध्यक्ष डा. दिनेश आचार्य विशेष अतिथि र आकाश कोइराला, यदु कोइराला, राम तामाङ, यूएईमा क्रियाशील सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायत अतिथि थिए।

‘नेपालबाट तीन दर्जनभन्दा बढी कलाकारको सहभागितामा दुवईमा मोडल सङ्स अवार्ड सम्पन्न गरेका छौं’, मोडल सङ्स नेपालका लागि आयोजक डेभिल सिंह राजपुतले भने। अवार्डको एसोसियट्समा पेजेन्ट नेपाल रहेको थियो। ‘नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन दुबईमा यो अवार्ड गरेका हौं’, पेजेन्ट नेपालका सीईओ तथा कार्यक्रम निर्देशक राज लुइँटेले भने।

अवार्ड समारोहमा बेस्ट कम्पोजरमा रेखा पौडेल चलचित्र हमेशा हमेशाबाट, निर्देशकमा माधव खरेल चलचित्र बिरानो मायाबाट, नायकमा श्रीदेव भट्टराई चलचित्र बिरानो मायाबाट, आधुनिक गीतमा सीताराम पोखरेल साथ रहेछ तिम्रो मायामाबाट, राष्ट्रिय गीतमा सपन श्रेठ, तीज गीत शब्दमा गीता अधिकारी, तीज गीत स्वरमा नीतु कोइराला, जुरी अवार्ड मोडलमा सुष्मा अधिकारी, अशोक तामाङ शब्द आधुनिक गीत, इन्दिरा भट्टराई गायिका, सुनिता श्रेष्ठ गायिका भजन नन्दा बस्याल म्युजिक भिडियो निर्देशन लोकदोहोरीलाई अवार्ड प्रदान गरिएको थियो।

अन्नपुर्णमा प्रकाशीत समाचार https://annapurnapost.com/story/108992/

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top