News

News

उत्कृष्ट चलचित्र निर्देशको अवार्ड माधव राज खरेललाई

युएई – चलचित्र विरानो मायाबाट निर्देशक माधव राज खरेललाई अवार्ड प्रदान गरिएको छ । लामो समय देखि नेपाली चलचित्रमा होमीएका खरेल म्युजिक भिडियो र बृत्तचित्र निर्माण तथा निर्देशनमा पनि उत्तिकै व्यस्त निर्देशक हुन् । नेपाली चलचित्र ढु्गे युग,विरानो माया,कुईनेटो,दुर्गामाण्डौ,र ढुङ्गे युग २को सफल निर्देशन गरिसकेका खरेल यस अघि पनि उत्कृष्ट निर्देशकको अवार्ड तथा सम्मानबाट सम्मानित भईसकेका छन् । नेपालमै नौलो प्रविधिको सुरुवात स्वरुप मौन चलचित्र ढुङ्गे युगको सफल निर्देशन गरेर मौन चलचित्र निर्देशकका रुपमा चिनिएका खरेलले हालै दुबैमा सम्पन्न अन्तराष्ट्रिय स्तरको अवार्ड प्राप्त गरेका हुन । नेपालका चर्चित कलाकारहरुको प्रस्तुतिसहित वर्ड दुवईको मोन्ट क्लवमा मोडल सङ्गस अवाडर्, सम्पन्न भएको हो । ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको यो अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो । नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गरेको अवार्ड कार्यक्रमा दुवईमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवम् सहभागितामा रहेको थियो । एनआरएन दुवईका अध्यक्ष रमेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईका अध्यक्ष रेखा घिमिरे, नेपाली एशोसिएसनका अध्यक्ष डा. दिनेश आचार्य विशेष अथिति र आकाश कोइराला, यदु कोइराला, राम तामाङ, युएईमा क्रियाशील सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलगायतका अतिथिहरु रहेका थिए । ‘नेपालबाट तीन दर्जनभन्दा बढी कलाकार सहभागीतामा हामीले दुवईमा मोडल सङ्गस अवार्ड भव्य रुपमा सम्पन्न गरेका छौं,’ मोडल सङ्गस नेपालका लागि आयोजक डेभिल सिंह राजपुतले भने । अवार्डको एसोसियट्समा पेजेन्ट नेपाल रहेको थियो । ‘नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउँनका लागि हामीले दुवईमा यो अवार्ड गरेका हौं’, पेजेन्ट नेपालका सिइओ तथा कार्यक्रम निर्देशक राज लुइटेले भने । दुवईमा भएका नेपाली कार्यक्रम मध्ये अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम भएको अतिथिहरुले बताए । अवार्ड समारोहमा वेष्ट कमोपजमा रेखा पौडेल चलचित्र हमेशा हमेशाबाट, निर्देशकमा माधब खरेल चलचित्र बिरानो मायाबाट, नायकमा श्रीदेब भट्टराई चलचित्र बिरानो मायाबाट, आधुनिक गीतमा सिताराम पोखरेल साथ रहेछ तिम्रो माायामाबाट, राष्ट्रिय गीतमा सपन श्रेठ, तीज गीत शब्दमा गीता अधिकारी, तीज गीत स्वरमा नितु कोइराला, जुरी अवार्ड मोडलमा सुष्मा अधिकारी, अशोक तामाङ शब्द आधुनिक गीत, इन्दिरा भट्टराई गायिका, सुनिता श्रेष्ठ गायिका भजन, विनोद राज ढुङ्गेल गायक गजल, बाबु बोगटी बेष्ट म्युजिक कमपोज, नन्दा बस्याल म्युजिक भिडियो निर्देशन लोकदोहोरीलाई अवार्ड प्रदान गरिएको थियो । त्यस्तै शान्ता तामाङ बेष्ट मोडल आधुनिक गीत, मेनुका बोगटी बेष्ट मोडल फिटनेश, आशा थापा बेष्ट डान्स मोडल, प्रज्ञा ढुङ्गेल, बेष्ट मोडल फेशनेवल, अनु श्रेष्ठ, तिर्सना गुरुङ बेष्ट फेशन डिजाइनर, तिलबहादुर कार्की सोसियल अवार्ड, शुशिला थापा बेष्ट विजनेश अवार्ड महिला, अमिर न्यौपाने वेष्ट विजनेश अवार्ड पुरुष, शरिता श्रेष्ठ बेष्ट कराते प्लेयर खेलकुद, वर्षा कार्की बेष्ट इभेन्ट डाइरेक्टर, विकाश बश्याल बेष्ट मुभि डाइरेक्ट डेब्यु, शावित्री जोशी बेष्ट प्लेब्याक सिंगरलगायत २८ विधामा विभिन्न स्रष्टा सर्जकहरुलाई अवार्ड प्रदान गरिएको थियो । मोडल सङ्गस अवार्ड समारोहमा यूएईमा क्रियाशील सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । मध्यान्तरमा प्रकाशीत उत्कृष्ट चलचित्र निर्देशको अवार्ड माधव राज खरेललाई

News

डी सिने अवार्ड – २०६७

  डी सिने अवार्ड – २०६७ विधा  नाम  चलचित्र चलचित्र पिएलएम फिल्मस् आफ्नो मान्छे आफ्नै हुन्छ निर्देशक ऋषि लामिछाने आफ्नोमान्छे आफ्नै हुन्छ अभिनेता आर्यन सिग्देल कोही मेरो अभिनेत्री रेखा थापा हिफाजत सह–अभिनेता मुकेश ढकाल आफ्नोमान्छे आफ्नै हुन्छ सह–अभिनेत्री अरुणीमा लम्साल आफ्नोमान्छे आफ्नै हुन्छ नव नायक आयुष रिजाल हिफाजत नव नायिका ऋचा शर्मा फस्र्ट लभ नव निर्देशक दिपेन्द्र के खनाल धर्मा खलपात्र राजबल्लभ कोईराला बसमा छैन मेरो मन चरित्र अभिनेता देशभक्त खनाल आफ्नो मान्छे आफ्नै हुन्छ चरित्र अभिनेत्री सरिता गीरी गुरुदक्षिणा हाँस्य कलाकार शोभित बस्नेत कन्यादान बाल कलाकार इसान रावत पहिलो पहिलो माया कथा नवल खड्का दशगजा पटकथा विकास आचार्य आफ्नो मान्छे आफ्नै हुन्छ सम्वाद शिवम् अधिकारी दशगजा संगीतकार महेश खड्का पहिलो पहिलो माया द्वन्द्व निर्देशक राजेन्द्र खड्गी हिफाजत नृत्य निर्देशक गोविन्द राई माया त माया हो छायाँकार राजु थापा कोही मेरो सम्पादक सिमोस सुनुवार फस्ट लभ गायक दीपक लिम्बु पहिलो पहिलो माया गायिका अञ्जना गुरुङ/समयले चेट आफ्नो मान्छे गीतकार अमृत रेग्मी/छुट्छ कि साथ दिलमाया निर्देशक(जुरी) माधब राज खरेल ढुङ्गे युग https://www.rangasansar.com/detail/47

News

सम्झना डिजिटल फिल्म अवार्डमा ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ को वर्चस्व

पच्चिस विधामा अवार्ड प्रदान गर्दै सम्झना डिजिटल फिल्म अवार्ड सकिएको छ । गत बर्षबाट सुरु भएको यो अवार्ड कार्यक्रम दोश्रो संकरण हो । गतबर्ष वैशाख देखि चैत्र मसान्तसम्म डिजिटल प्रविधिमा निर्माण भएको सोह्र चलचित्र यो अवार्ड कार्यक्रममा सहभागी थिए । सहभागी भएका चलचित्रहरुमा यो बर्ष ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ को वर्चस्व देखिएको छ । यो चलचित्रले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक  (ऋषि लामिछाने ), उत्कृष्ट सहअभिनेत्री (अरुणिमा लम्साल ), उत्कृष्ट पटकथा (विकास आचार्य ), उत्कृष्ट चरित्र अभिनेता ( देशभक्त खनाल ), उत्कृष्ट सहअभिनेता ( मुकेश ढकाल ), उत्कृष्ट पार्श्व गायिका (अन्जना गुरुङ) गरी यो चलचित्रले सात विधामा अवार्ड प्राप्त गरेको छ । अवार्ड कार्यक्रममा अभिनेत्री रेखा थापा (हिफाजत ), अभिनेता आर्यन सिग्देल (कोही मेरो ), नव नायिका ऋचा शर्मा ( फस्ट लभ ), नव नायक आयुष रिजाल  (हिफाजत ), नव निर्देशक दिपेन्द्र के. खनाल  (दि युगदेखि युगसम्म ), गितकार अमृत रेग्मी (दिलमाया)  पार्श्व गायक दिपक लिम्बु ( पहिलो पहिलो माया) ), संगितकार महेश खड्का  (पहिलो पहिलो माया ), द्धन्द निर्देशक राजेन्द्र खड्गी (हिफाजत ), नृत्य निर्देशक गोविन्द र्राई ( माया त माया हो ), सम्पादक सिमोस सुनुवार (फष्ट लभ ), छायाकार राजुबिक्रम थापा (कोही मेरो ), सम्वाद शिवम् अधिकारी ( दशगजा ), कथा नवल खड्का (दशगजा ), चरित्र अभिनेत्री सरिता गिरी (गुरुदक्षिणा ), वालकलाकार इशान राउत (पहिलो पहिलो माया ), हास्यकलाकार शोभीत वस्नेत (कन्यादान ), खलपात्र राजवल्लभ कोईराला (वशमा छैन यो मन ) रहेका छन् । यसैगरी जुरी तर्फ फिल्म दशगजा र निर्देशक फिल्म ढुंगेयुगका माधव राज खरेलले अवार्ड हात पारेका छन् । नेपाली चलचित्र क्षेत्रका चलचित्रकर्मीको वाक्लो उपस्थिती रहेको यो कार्यक्रम विभीन्न चलचित्रका गितमा नृत्य तथा गायन प्रस्तुतीले संगितमय समेत वनेको थियो । कार्यक्रममा नेपाली चलचित्रका कलाकारहरुले समेत नृत्य प्रस्तुत गरेका थिए । नेपालमा बर्षेनी बिभिन्न नाम दिएर यस्ता अवार्डहरु आयोजना नभएका होईनन्  तर यि अवार्डहरु विवादवाट टाढा भने भएका छैनन् । यो अवार्डमा पनि केही गाईगुइका हल्लाहरु नआएका होईनन् । तर नेपाली चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन दिनका लागी आयोजना गरिने यस्ता कार्यक्रमलाई भने सह्राना गर्नैपर्छ । फिल्मिखबरमा प्रकाशीत  https://www.filmykhabar.com/news/3507/

News

सम्झना डिजिटल फिल्म अवार्डको नोमिनेशन सार्वजनिक

डिजिटल फर्म्याटमा निर्माण भएका नेपाली चलचित्रलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सम्झना डिजिटल फिल्म अवार्ड २०६७’ को मनोनयनमा परेका चलचित्रहरूको नोमिनेशन सार्वजनिक गरिएको छ । छायाँछबि पत्रिकाको आयोजनामा हुन लागेको सो अवार्डमा समाबेश गरिएका १६ चलचित्रलाई २५ बिधामा अवार्ड बितरण गरिने छ ।  गतबर्ष आयोजना भएको छायाँछबि ‘डि सिने अवार्ड’ लाई ब्रिहत बनाउँदै छायाँछबि पत्रिकाले यस बर्ष देखि ‘सम्झना डिजिटल फिल्म अवार्ड’ को आयोजना गर्न लागेको हो । नेपाली चलचित्रको बिकाश, प्रबर्द्वन एवं संरक्षण गर्न आयोजकले ‘छायाँछबि फिल्म फेस्टिभल’ को पनि आयोजना गर्दैछ । सो फेस्टिभलमा अवार्डलाई उत्सवको रूपमा मनाइने आयोजकले फिल्मीखबरलाई जानकारी दियो । एक महिना भित्रमा हुन लागेको सो अवार्डमा कोही मेरो, दशगजा, दिलमाया, हिफाजत, आफ्नो मान्छे आफ्नै हुन्छ, कस्लाई दिउँ यो जोवन, पहिलो पहिलो माया, भनिदेउ न माया गर्छु, माया त माया हो, गुरूदक्षिणा, फस्टलभ, तिमी मात्र तिमी, द युगदेखि युगसम्म, कसम हजुरको, बशमा छैन यो मन र कन्यादान रहेका छन् । यि चलचित्रहरू मध्ये ऋषि लामिछाने निर्देशित चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ सबैभन्दा बढि १८ बिधामा नोमिनेशनमा परेको छ । यो अवार्डको लागि उत्कृष्ठ चलचित्रको मनोनयनमा आफ्नो मान्छे आफ्नै हुन्छ, फस्ट लभ, हिफाजत, दशगजा र माया त माया हो परेका छन् भने निर्देशकको मनोनयनमा आफ्नो मान्छे आफ्नै हुन्छबाट ऋषि लामिछाने,  ढुंगेयुगबाट माधव राज खरेल, दशगजा दयाराम दाहाल, हिफाजतबाट ज्ञानेन्द्र देउजा र  फस्ट लभबाट सिमोस सुनुवार चयन भएका छन् । अभिनेताको मनोनयन सुचीमा आफ्नो मान्छे आफ्नै हुन्छबाट बिराज भट्ट, कोही मेरोबाट आर्यन सिग्देल, दशगजाबाट राजेश हमाल, फस्ट लभबाट कर्म र कसलाई दिउँ यो जोवनबाट दिलिप रायमाझी परेका छन् । यसैगरी अभिनेत्री तर्फ हिफाजत र आफ्नो मान्छे आफ्नै हुन्छबाट  रेखा थापा, फस्ट लभबाट निशा अधिकारी, कोही मेरोबाट सँचिता लुइटेल, पहिलो पहिलो मायाबाट युना उप्रेती मनोनयन सूचीमा परेका छन् । फिल्मिखबरमा प्रकाशीत https://www.filmykhabar.com/news/3324/

Scroll to Top